कोहलपुरमा लक्ष्मी माविको शानदार जित, कृष्ण मावि ४ विकेटले पराजित
4 months, 2 weeks अगाडि
|
simran bishokarma
कोहलपुर — आठौं उप–मेयर कप छात्रा क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत आज सम्पन्न खेलमा श्री लक्ष्मी माविले कृष्ण माविलाई ४ विकेटले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको छ।

कोहलपुर क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेर लक्ष्मी माविले पहिले फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको कृष्ण माविले १५ ओभरमा ६० रन बनाउँदै ८ विकेट गुमाएको थियो।

६१ रनको लक्ष्य पछ्याएको लक्ष्मी माविले ८.१ ओभरमै ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै शानदार जित निकालेको हो।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी रितु रजकती ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। उनकाे अलराउन्ड प्रदर्शन निर्णायक बन्यो।


यसैगरी उत्कृष्ट तीन खेलाडीको सूचीमा रितु रजकती, कुश्मी कुवँर योगी र सलिना थापा रहेका छन्।

सम्बन्धित खबर
विज्ञापन
ताजा खबर
दैलेखको भगवतीमाईमा विद्यालय व्यवस्थापन समितिका दलित सदस्यमाथि कुटपिट र जातीय विभेद
6 hours, 26 minutes अगाडि
पूर्वमहाप्रबन्धक गणेश रसिकको पहिलो स्मृतिमा 'गणेश रसिक साङ्गीतिक कार्यक्रम २०८३' सुरु
3 days, 7 hours अगाडि
एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्दै रास्वपाको युवा संवाद कार्यक्रम सम्पन्न
5 days, 6 hours अगाडि
विज्ञापन
विज्ञापन