Rastriya Bahas
2026 June 04, Thursday
गृहपृष्ठ / समाचार / एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्दै रास्वपाको युवा संवाद कार्यक्रम सम्पन्न

एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्दै रास्वपाको युवा संवाद कार्यक्रम सम्पन्न

5 days, 4 hours अगाडि | Simran bishokarma
एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्दै रास्वपाको युवा संवाद कार्यक्रम सम्पन्न

ललितपुर, १६ जेठ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महालक्ष्मी नगरपालिका–७ वडा समितिको आयोजनामा एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान तथा ‘युथ इन्टर्याक्सन’ (युवा संवाद) कार्यक्रम सम्पन्न भएको छ।

ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथलीस्थित चाँदनी बैंक्वेटमा शुक्रबार बिहान आयोजित एक विशेष समारोहका बीच हालै सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्तीर्ण भएका विद्यार्थीहरूलाई सम्मान गरिएको हो। रास्वपा महालक्ष्मी–७ का वडा सभापति अनिल महर्जनको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

 

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य (सांसद) जगदीश खरेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यसैगरी, विशिष्ट अतिथिका रूपमा रास्वपा ललितपुर क्षेत्र नं. २ का सभापति श्रीकण्ठ नेम्कुल, महालक्ष्मी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बाबुराजा महर्जन, र रास्वपा महालक्ष्मी नगर सभापति विश्व खड्का लगायतका स्थानीय नेता तथा बुद्दिजीवीहरूको उपस्थिति रहेको थियो।

करिब ६० देखि ७० जनाको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रममा २०८२ सालको एसईई परीक्षामा उत्कृष्ट सफलता हासिल गर्ने स्थानीय विद्यार्थीहरूलाई खादा तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।

सम्मान कार्यक्रमसँगै आयोजना गरिएको युवा संवाद (Youth Interaction) मा युवाहरूको भूमिका, गुणस्तरीय शिक्षा, नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा मुलुकको समसामयिक राजनीतिक एवं सामाजिक विषयमा केन्द्रित रहेर बृहत् अन्तरक्रिया समेत गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं सांसद जगदीश खरेल र अन्य वक्ताहरूले युवाशक्ति नै राष्ट्र निर्माणको प्रमुख आधारस्तम्भ भएको उल्लेख गर्नुभयो। उहाँहरूले युवा पुस्तालाई शिक्षा, प्राविधिक सीप र सकारात्मक सोचमार्फत समाज रूपान्तरणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।

एसईई उत्तीर्ण गरी उच्च शिक्षाको जग बसाल्न लागेका विद्यार्थीहरूलाई थप हौसला प्रदान गर्न र युवा पुस्ता एवं राजनीतिक नेतृत्वबीच प्रत्यक्ष संवादको वातावरण सिर्जना गर्न यो कार्यक्रम निकै प्रभावकारी भएको आयोजक समितिले जनाएको छ।


 

यो शेयर गर्नुहोस्:
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement