Rastriya Bahas
2026 June 04, Thursday
गृहपृष्ठ / समाचार / काठमाडौँ । नयाँ बसपार्कस्थित एक गेस्ट हाउसमा नेपाली सेनाका एक सैनिक जवान मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौँ । नयाँ बसपार्कस्थित एक गेस्ट हाउसमा नेपाली सेनाका एक सैनिक जवान मृत अवस्थामा फेला परेका छन् ।

2 days, 19 hours अगाडि | Simran bishokarma
काठमाडौँ । नयाँ बसपार्कस्थित एक गेस्ट हाउसमा नेपाली सेनाका एक सैनिक जवान मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौँ महानगरपालिका–२६ मित्रनगरमा रहेको 'धनुष गेस्ट हाउस'को कोठा नम्बर २०३ मा ओखलढुङ्गाको लिखु गाउँपालिका वडा नम्बर ९ घर भएका ३० वर्षीय भुवन लामिछाने मृत फेला परेका हुन् 

 

प्रहरी स्रोतका अनुसार लामिछाने गत जेठ १३ गतेदेखि उक्त गेस्ट हाउसमा बस्दै आएका थिए । आइतबार (जेठ १८ गते) बेलुकी अन्दाजी ५:३० बजेको समयमा उनी बसेको कोठा भित्रबाट चुकुल लगाइएको अवस्थामा फेला परेको थियो । शङ्का लागेर हेर्दा उनी कोठाको पंखामा सिरकको खोलको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

नेपाली सेनाको परिचयपत्र फेला

मृतक लामिछानेको साथबाट नेपाली सेनाको परिचयपत्र र बिदाको प्रमाणपत्र समेत फेला परेको छ । बरामद कागजातका अनुसार उनी नेपाली सेनाको राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयमा प्युठ पदमा कार्यरत रहेको खुलेको छ ।

घटनास्थलमा प्रहरी टोली पुगेर प्रारम्भिक अनुसन्धान तथा मुचुल्का उठाउने कार्य सम्पन्न गरेको छ । घटना आत्महत्या हो वा अन्य कुनै कारण, त्यससबैमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ । मृतकको शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ ।


 

यो शेयर गर्नुहोस्:
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement