Rastriya Bahas
2026 June 04, Thursday
गृहपृष्ठ / खेलकुद / अन्तर्राष्ट्रिय मार्सल आर्ट्समा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन, कोहलपुरकी दुई खेलाडी प्रथम

अन्तर्राष्ट्रिय मार्सल आर्ट्समा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन, कोहलपुरकी दुई खेलाडी प्रथम

3 weeks, 5 days अगाडि | Simran bishokarma

काठमाडौं : 

भारतको उत्तर प्रदेशस्थित सहारनपुरमा आयोजना भएको “१ औं अन्तर्राष्ट्रिय इन्टिग्रल फाइटिङ ट्रेनिङ सेमिनार तथा इन्डो–नेपाल च्याम्पियनसिप २०२६” मा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय मञ्चमा देशको नाम उँचो बनाएका छन्।


 

मे २ देखि ५ तारिखसम्म सञ्चालन भएको उक्त प्रतियोगिता इन्डियन इन्टिग्रल फाइटिङ एसोसिएसन, उत्तर प्रदेशको आयोजनामा सम्पन्न भएको हो। प्रतियोगितामा नेपालसहित विभिन्न देशका खेलाडीहरूको सहभागिता रहेको थियो।


 

महिला सिनियरतर्फ बाँकेको कोहलपुर–१२, चप्परगौडी निवासी विष्णु गिरीले उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेकी छन्। प्रतियोगिताभर आत्मविश्वासपूर्ण र दमदार प्रस्तुति दिँदै उनले उपाधि आफ्नो नाममा सुरक्षित गरेकी हुन्। लामो समयदेखि खेल क्षेत्रमा सक्रिय विष्णुले यसअघि पनि विभिन्न प्रतियोगितामा सफलता हासिल गर्दै आएकी छिन्।


 

त्यसैगरी, जुनियर महिला तर्फ पनि सोही स्थानकी सुजता गिरीले शानदार प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेकी छन्। कम उमेरमै अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै उनले नेपालको झण्डा फहराउन सफल भएकी हुन्।


 

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका दुवै खेलाडीलाई मेडल, प्रमाणपत्र तथा ट्रफी प्रदान गरी सम्मानित गरिएको आयोजकले जनाएको छ।


 

प्रतियोगितामा सहभागी अन्य नेपाली खेलाडीहरूले पनि फाइनलसम्म पुगेर उल्लेखनीय प्रदर्शन गरेका थिए। यस सफलताले नेपाली मार्सल आर्ट्स क्षेत्रमा थप ऊर्जा र प्रेरणा मिल्ने विश्वास गरिएको छ।


 

उक्त उपलब्धिप्रति सामाजिक सञ्जालमा बधाई तथा शुभकामनाको ओइरो लागेको छ। खेलप्रेमीहरूले विष्णु गिरी र सुजता गिरीको सफलता नेपाली खेलकुद क्षेत्रका लागि गौरवपूर्ण उपलब्धि भएको बताएका छन्।


 

यो शेयर गर्नुहोस्:
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement