Rastriya Bahas
2026 June 04, Thursday
गृहपृष्ठ / समाचार / पूर्वमहाप्रबन्धक गणेश रसिकको पहिलो स्मृतिमा 'गणेश रसिक साङ्गीतिक कार्यक्रम २०८३' सुरु

पूर्वमहाप्रबन्धक गणेश रसिकको पहिलो स्मृतिमा 'गणेश रसिक साङ्गीतिक कार्यक्रम २०८३' सुरु

3 days, 6 hours अगाडि | Simran bishokarma
पूर्वमहाप्रबन्धक गणेश रसिकको पहिलो स्मृतिमा 'गणेश रसिक साङ्गीतिक कार्यक्रम २०८३' सुरु

काठमाडौँ, १८ जेठ

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) का पूर्वमहाप्रबन्धक एवं वरिष्ठ स्रष्टा गणेश रसिकको पहिलो स्मृति दिवसको अवसरमा विशेष साङ्गीतिक कार्यक्रम सुरु भएको छ।

जमलस्थित सांस्कृतिक संस्थानको मिनी हलमा सोमबार बिहान ०९:१५ बजेदेखि 'गणेश रसिक साङ्गीतिक कार्यक्रम २०८३' सुरु भएको हो। सांस्कृतिक संस्थानको आयोजनामा उक्त कार्यक्रम सञ्चालन भइरहेको छ।

संस्थानका योजना तथा शाखा प्रमुख रेखाकुमारी कटुवालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा संस्थानका महाप्रबन्धक किरणबाबु पुन प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्छ।

 

नेपाली कला र सङ्गीत आकाशका नक्षत्र गणेश रसिकको स्मरणमा आयोजित यस कार्यक्रममा संस्थाका कलाकार, कला प्रशिक्षार्थी, सङ्गीतप्रेमी तथा दर्शकसहित करिब ८० जनाको उत्साहजनक उपस्थिति रहेको छ। कार्यक्रममा रसिकका कालजयी सिर्जनाहरू प्रस्तुत गर्दै उहाँको योगदानको चर्चा गरिने संस्थानले जनाएको छ।


 

यो शेयर गर्नुहोस्:
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement