Rastriya Bahas
2026 June 04, Thursday
गृहपृष्ठ / खेलकुद / नेपाल पुलिस क्लब फाइनलमा, अब उपाधिका लागि कोहलपुर रेसिङसँग भिड्ने

नेपाल पुलिस क्लब फाइनलमा, अब उपाधिका लागि कोहलपुर रेसिङसँग भिड्ने

3 weeks, 6 days अगाडि | Simran bishokarma
नेपाल पुलिस क्लब फाइनलमा, अब उपाधिका लागि कोहलपुर रेसिङसँग भिड्ने

बाँके :

 चौथो कोहलपुर गोल्डकप–२०८३ अन्तर्गत विभागीय टिम नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ। बिहीबार कोहलपुर–२ स्थित प्रस्तावित फुटबल रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा रोयल फुटबल क्लब (कर्णाली प्रदेश) लाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै पुलिसले उपाधि नजिकको यात्रा तय गरेको हो।


 

निकै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समयमा दुवै टोलीबाट गोल हुन सकेन। जारी प्रतियोगितामा पेनाल्टीमार्फत नतिजा टुंगिएको यो पहिलो खेल हो। पेनाल्टीमा नेपाल पुलिस क्लबका पाँचै खेलाडी सफल भए। पुलिसका कप्तान राम बगाले, अनिल टमाटा, सञ्जिव लामा, हेमन्त श्रेष्ठ र सुजन मगरले गोल गरे।


 

यता कर्णालीका लागि करण शाही, दिवश बिसी र विक्रम अलीले गोल गरे पनि कप्तान सुदन विश्वकर्मा चुके, जसका कारण टोली पराजित हुन पुग्यो।


 

यसअघि बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा आयोजक कोहलपुर रेसिङ साहारा क्लबले लालीगुराँस एसोसियसन क्लब पोखरालाई २–१ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो।


 

अब उपाधिका लागि वैशाख २६ गते नेपाल पुलिस क्लब र कोहलपुर रेसिङ साहारा क्लबबीच प्रतिस्पर्धा हुनेछ।


 

आठ टिम सहभागी प्रतियोगिताको विजेताले ८ लाख रुपैयाँसहित शिल्ड र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ४ लाख रुपैयाँ, शिल्ड र ट्रफी पाउने आयोजकले जनाएको छ। प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडीलाई ५१ हजार रुपैयाँ प्रदान गरिनेछ।


 

चौथो कोहलपुर गोल्डकप वैशाख १९ गतेदेखि सञ्चालन भइरहेको छ।


 

यो शेयर गर्नुहोस्:
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement