Rastriya Bahas
2026 June 04, Thursday
गृहपृष्ठ / समाचार / दैलेखको भगवतीमाईमा विद्यालय व्यवस्थापन समितिका दलित सदस्यमाथि कुटपिट र जातीय विभेद

दैलेखको भगवतीमाईमा विद्यालय व्यवस्थापन समितिका दलित सदस्यमाथि कुटपिट र जातीय विभेद

5 hours, 18 minutes अगाडि | Simran bishokarma
दैलेखको भगवतीमाईमा विद्यालय व्यवस्थापन समितिका दलित सदस्यमाथि कुटपिट र जातीय विभेद

दैलेखको एक विद्यालयमा शिक्षक सरुवाको विषयलाई लिएर विवाद हुँदा विद्यालय व्यवस्थापन समितिका दलित सदस्यमाथि कुटपिट तथा जातीय विभेद भएको घटना सार्वजनिक भएको छ।


दैलेखको भगवतीमाई गाउँपालिकामा रहेको भगवती आधारभूत विद्यालय, कुल्लेमा रिक्त रहेको प्राथमिक तह तृतीय श्रेणीको पदमा शिक्षक सरुवा गर्ने विषयमा विवाद हुँदा सो घटना घटेको हो।


प्राप्त विवरण अनुसार, विद्यालय व्यवस्थापन समितिलाई (वि.व्य.स.) समेत जानकारी नदिई, गोप्य तरिकाबाट शिक्षक सरुवा गर्न खोजिएपछि व्यवस्थापन समितिका दलित सदस्य प्रेम चदाराले त्यसको विरोध गरेका थिए। चदाराले 'नियमअनुसार सूचना निकालेर मात्र शिक्षक सरुवा प्रक्रिया अगाडि बढाउनुपर्ने' माग राखेका थिए।


पारदर्शी रूपमा सूचना निकाल्न माग गरेकै निहुँमा उनीमाथि कुटपिट गरिएको र जातीय भेदभावजन्य गालीगलौज गर्दै बैठक छोड्न बाध्य पारिएको पत्रमा उल्लेख छ।


शिक्षक व्यवस्थापन र विद्यालयको आन्तरिक निर्णय पारदर्शी हुनुपर्ने माग राख्दा जिम्मेवार निकायको  दलित सदस्यमाथि यसरी कुटपिट र जातीय विभेद हुनु दुःखद भएको भन्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरिएको छ।

यो शेयर गर्नुहोस्:
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement