कोहलपुरमा आठौं उप–मेयर कप अन्तर मावि छात्रा क्रिकेट प्रतियोगिता सुरु
कोहलपुर, बाँके। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित आठौं उप–मेयर कप अन्तर माध्यमिक विद्यालयस्तरीय छात्रा क्रिकेट प्रतियोगिता–२०८२ कोहलपुरमा औपचारिक रूपमा सुरु भएको छ।

कोहलपुर नगरपालिकाको आयोजनामा तथा नगर खेलकुद विकास समितिको समन्वयमा सञ्चालन भएको उक्त प्रतियोगिताको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको थियो। कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, खेल प्रशिक्षक, अभिभावक तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उद्घाटन समारोहमा वक्ताहरूले खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक तथा नैतिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। यस्ता प्रतियोगिताले अनुशासन, नेतृत्व क्षमता र आत्मविश्वास बढाउन सहयोग गर्ने उल्लेख गर्दै छात्राहरूलाई खेलकुदमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यले स्थानीय तहले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

प्रतियोगितामा कोहलपुर क्षेत्रभित्रका विभिन्न माध्यमिक विद्यालयका छात्रा टोलीहरूको सहभागिता रहेको छ। केही दिनसम्म सञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीलाई ट्रफी, मेडल, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

स्थानीय स्तरमै छात्राहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने, प्रतिभा पहिचान गर्ने र भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्यसहित आयोजना गरिएको यस प्रतियोगिताले कोहलपुर क्षेत्रको खेलकुद विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।
सम्बन्धित खबर
ताजा खबर
दैलेखको भगवतीमाईमा विद्यालय व्यवस्थापन समितिका दलित सदस्यमाथि कुटपिट र जातीय विभेद
पूर्वमहाप्रबन्धक गणेश रसिकको पहिलो स्मृतिमा 'गणेश रसिक साङ्गीतिक कार्यक्रम २०८३' सुरु
एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्दै रास्वपाको युवा संवाद कार्यक्रम सम्पन्न