भगवतीमाई गाउँपालिकामा भव्य खेलकुद कार्यक्रम हुँदै — विजेतालाई आकर्षक पुरस्कार
विजया दशमी तथा शुभ दीपावलिको अवसरमा भगवतीमाई गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने वार्षिक खेलकुद कार्यक्रम–२०८२ भव्य तयारीका साथ सञ्चालन हुने भएको छ। गाउँपालिकाभित्र खेलकुद, स्वास्थ्य र स्थानीय प्रतिभा विकासलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ असोज २४ देखि २७ गतेसम्म कार्यक्रम सञ्चालन गरिने खेलकुद विकास समितिले जानकारी दिएको छ।
समितिका संयोजक शमशेर खड्काका अनुसार खेलकुद कार्यक्रम अन्तरर्गत भलिबल, फुटबल, ब्याडमिन्टन, खुल्ला सर्टपुट (Shotput) लगायतका प्रतियोगिता हुने छन्। साथै, शिक्षक तथा कर्मचारीबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता समेत समावेश गरिएको छ।
🏆 पुरस्कार विवरण यस प्रकार रहेका छन्:

१. अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता
दर्ता शुल्क रु ५०००
🥇 प्रथम पुरस्कार : नगद रु. ५५,५०० ट्रफी, मेडल र प्रमाणपत्र
🥈 द्वितीय पुरस्कार : रु. ३०,५००, मेडल र प्रमाणपत्र
🥉 तृतीय पुरस्कार : रु. १५,५००, मेडल र प्रमाणपत्र
२. गाउँपालिका स्तर पुरुष भलिबल प्रतियोगिता
दर्ता शुल्क ४०००
🥇 प्रथम पुरस्कार : रु. ५५,५००
🥈 द्वितीय पुरस्कार : रु. ३०,५००
🥉 तृतीय पुरस्कार : रु. १५,५००
३. वडा स्तर फुटबल प्रतियोगिता
दर्ता शुल्क ४०००
🥇 प्रथम पुरस्कार : रु. ५५,५००
🥈 द्वितीय पुरस्कार : रु. ३०,५००
४. वडा स्तर पुरुष ब्याडमिन्टन प्रतियोगिता
दर्ता शुल्क २०००
🥇 प्रथम पुरस्कार : रु. २०,१००
🥈 द्वितीय पुरुस्कार: रु. १०,१००
तृतीय पुरुस्कार रु ५,१००
५. खुला सर्टपुट प्रतियोगिता
दर्ता शुल्क ५००
🥇 प्रथम पुरुस्कार: रु. ५,०००
🥈 द्वितीय पुरुस्कार: रु. ३,०००
🥉 तृतीय पुरुस्कार: रु. १५००

केही खेलहरूमा विशेष पुरस्कारका रूपमा
🏅 उत्कृष्ट खेलाडीलाई रु. ३,०००, मेडल र प्रमाणपत्र प्रदान गरिने पनि समितिले जनाएको छ।
⚙️ विशेष नियम र व्यवस्था:
वडा तथा पालिका स्तरका प्रतियोगितामा स्थानीय खेलाडी मात्र सहभागी हुन पाउनेछन्।
टोली दर्ता खेल सुरू हुनुभन्दा कम्तीमा दुई दिनअघि गर्नुपर्नेछ।
सहभागी खेलाडीहरूसँग नागरिकता वा परिचयपत्र अनिवार्य हुनुपर्नेछ। बसाईसराई गरिएको भए समावेश गरिने छैन।

शिक्षक तथा कर्मचारी प्रतियोगितामा आयोजक समितिले खेलकुद पोशाक वितरण गर्नेछ।
आयोजक समितिले गाउँपालिकाका सबै वडा, विद्यालय, शिक्षक, कर्मचारी, खेलप्रेमी तथा सर्वसाधारणहरूलाई खेलकुद कार्यक्रमलाई मनोरञ्जन र एकताको प्रतीकका रूपमा लिन र कार्यक्रम सफल बनाउन सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।

आयोजक:
👉 भगवतीमाई गाउँपालिका
👉 खेलकुद विकास समिति, भगवतीमाई गाउँपालिका, दैलेख
सम्पर्क:
📞 ९८५११७०५०५ / ९८१८३५३०९१
सम्बन्धित खबर
ताजा खबर
दैलेखको भगवतीमाईमा विद्यालय व्यवस्थापन समितिका दलित सदस्यमाथि कुटपिट र जातीय विभेद
पूर्वमहाप्रबन्धक गणेश रसिकको पहिलो स्मृतिमा 'गणेश रसिक साङ्गीतिक कार्यक्रम २०८३' सुरु
एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्दै रास्वपाको युवा संवाद कार्यक्रम सम्पन्न