रोशी खोलामा आएको बाढीले डाइभर्सन सडक बगायो, ५ EV हाइससहित ७० यात्रु उद्धार हुँदै
काभ्रेपलाञ्चोक, २१ वैशाख २०८३
— जिल्लाको रोशी गाउँपालिका–७ रोशीखोला धुमाउने क्षेत्रमा निर्माणाधीन बी.पी. राजमार्गको डाइभर्सन सडक अविरल वर्षाका कारण प्रभावित भएको छ। वर्षापछि रोशी खोलामा पानीको बहाव बढ्दा डाइभर्सन गरिएको सडकको बीच भाग डुबानमा परेको हो।

सोही क्रममा विभिन्न स्थानबाट आएका यात्रु बोकेका ५ वटा EV हाइस सवारी साधन सडकमै फसेका छन्। घटनास्थलमा करिब ७० जना यात्रु अलपत्र परेको बताइएको छ।


फसेका यात्रुको उद्धारका लागि साँझ ८:२५ बजेबाट नेपाली सेनाको श्री त्रिनेत्र गण, भकुण्डे बेशीबाट सेनानी भीमप्रसाद सापकोटाको कमाण्डमा टोली परिचालन गरिएको छ। साथै, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिको समन्वयमा उद्धार कार्य तीव्र रूपमा जारी रहेको जनाइएको छ।
हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको र सबै यात्रुको सुरक्षित उद्धारका लागि प्रयास जारी रहेको सम्बन्धित निकायले जनाएको छ।
सम्बन्धित खबर
ताजा खबर
दैलेखको भगवतीमाईमा विद्यालय व्यवस्थापन समितिका दलित सदस्यमाथि कुटपिट र जातीय विभेद
पूर्वमहाप्रबन्धक गणेश रसिकको पहिलो स्मृतिमा 'गणेश रसिक साङ्गीतिक कार्यक्रम २०८३' सुरु
एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्दै रास्वपाको युवा संवाद कार्यक्रम सम्पन्न