Rastriya Bahas
2026 June 04, Thursday
गृहपृष्ठ / समाचार / निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्छौँ : केन्द्रीय प्रवक्ता चालिसे

निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्छौँ : केन्द्रीय प्रवक्ता चालिसे

4 months, 1 week अगाडि | Simran bishokarma
निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्छौँ : केन्द्रीय प्रवक्ता चालिसे

भक्तपुर —

नेपाली कांग्रेसका केन्द्रीय प्रवक्ता देवराज चालिसेले निर्वाचन आचारसंहिता पार्टीले पूर्ण रूपमा पालना गर्ने स्पष्ट पारेका छन्। भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले छोटो समयका कारण उम्मेदवार चयन गर्दा केही स्थानमा त्रुटि देखिएको स्वीकार गर्दै आगामी दिनमा ती त्रुटि सच्याउँदै जाने बताए।


 

प्रवक्ता चालिसेले अन्य राजनीतिक दलहरूलाई पनि निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गर्दै राष्ट्रिय झण्डाको दुरुपयोग नगर्न अनुरोध गरे। राजनीतिक दलका कार्यक्रमहरूमा पार्टीकै झण्डा प्रयोग गर्नुपर्ने उल्लेख गर्दै उनले झण्डा कम्मरमा बाँध्ने जस्ता गतिविधि तुरुन्त रोक्नुपर्ने बताए।


 

उनले कांग्रेसले नकारात्मक प्रचार नगर्ने स्पष्ट पार्दै अरु दलहरूले पनि यस्तो कार्य नगर्नुपर्ने धारणा व्यक्त गरे। विशेष महाधिवेशनपछि कांग्रेसभित्र उत्साह थपिएको र पार्टी एकढिक्का भएर निर्वाचनमा जाने उनले बताए।


 

पत्रकार सम्मेलनमा प्रवक्ता चालिसेले पार्टी सभापति हाल सर्लाहीमा घरदैलो कार्यक्रममा व्यस्त रहेको जानकारी दिँदै फागुन ७ गते जनकपुरमा केन्द्रीय स्तरको आमसभा आयोजना गरिने घोषणा गरे। साथै केही दिनभित्रै केन्द्रीय कार्यालयबाट पार्टीको घोषणापत्र सार्वजनिक गरिने उनले बताए।


 

निर्वाचन अवधिभर प्रत्येक दुई दिनमा नियमित प्रेस मिट आयोजना गरिने जानकारी दिँदै उनले पार्टीको सम्पूर्ण शक्ति एकताबद्ध भएर निर्वाचन प्रचार–प्रसारमा लाग्न आह्वान गरे।


 

उक्त पत्रकार सम्मेलन दिउँसो ४ बजेर ४० मिनेटमा सम्पन्न भएको थियो।


 

यो शेयर गर्नुहोस्:
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement