भगवतीमाईमा महादेवको मूर्ति निर्माण तीव्र: विज्ञान शिक्षक एवं समाजसेवी थापाद्वारा आर्थिक सहयोग सिम्रन विश्वकर्मा (चाइनिज) को ठुलो पहल
धार्मिक तथा सांस्कृतिक सम्पदाको जगेर्ना गर्ने उद्देश्यका साथ दैलेखको भगवतीमाई गाउँपालिका वडा नं. १, पगनाथ महादेवको मूर्ति निर्माण कार्य द्रुत गतिमा अघि बढेको छ । स्थानीय स्तरमा धार्मिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको उक्त मूर्ति निर्माण अभियानलाई सफल बनाउन जनस्तर र सामाजिक क्षेत्रबाट सहयोग जुट्ने क्रम पनि सुरु भएको छ ।

यसै क्रममा, उक्त मूर्ति निर्माण अभियानलाई गति दिनका लागि ज्वाला माध्यमिक विद्यालय, बेस्तडाका विज्ञान विषयका शिक्षक एवं समाजसेवी प्रेम बहादुर थापाले आर्थिक सहयोग गर्नुभएको छ । राष्ट्रिय न्यूजका सञ्चालक सिमरन विश्वकर्मा (चाइनिज) को विशेष पहल र सक्रियतामा सञ्चालित यस अभियानलाई टेवा पुर्याउँदै शिक्षक थापाले प्रभु बैंकको डिजिटल माध्यमबाट रु ३,१०० (तीन हजार एक सय रुपैयाँ) सहयोग रकम जम्मा गरिदिनुभएको हो । सहयोग रकम प्राप्त भएपछि मूर्ति निर्माण समिति तथा स्थानीय बुद्धिजीवीहरूले सहयोगी मनका धनी शिक्षक थापालाई विशेष धन्यवाद ज्ञापन गरेका छन् ।

समितिका प्रतिनिधिहरूका अनुसार, शिक्षा क्षेत्रसँगै यस्ता धार्मिक, सांस्कृतिक र सामाजिक कार्यहरूमा बौद्धिक वर्ग र जनस्तरबाट प्राप्त हुने स्वतस्फूर्त सहयोगले नै समाजमा सकारात्मक परिवर्तन र विकास सम्भव हुन्छ ।


स्थानीय स्तरमा यो परियोजनाले धार्मिक पर्यटनको प्रवर्द्धन गर्ने र पगनाथ क्षेत्रलाई एक प्रमुख धार्मिक गन्तव्यका रूपमा चिनाउने अपेक्षा गरिएको छ । हाल मूर्ति निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको र परियोजनालाई तोकिएको समयमै सम्पन्न गर्नका लागि आगामी दिनमा पनि देश तथा विदेशमा रहेका अन्य सहयोगी हातहरू र दाताहरूबाट यस्तै साथ, सहयोग र समर्थनको अपेक्षा गरिएको निर्माण समितिले 'राष्ट्रिय बहस'लाई जानकारी दिएको छ ।
सम्बन्धित खबर
ताजा खबर
दैलेखको भगवतीमाईमा विद्यालय व्यवस्थापन समितिका दलित सदस्यमाथि कुटपिट र जातीय विभेद
पूर्वमहाप्रबन्धक गणेश रसिकको पहिलो स्मृतिमा 'गणेश रसिक साङ्गीतिक कार्यक्रम २०८३' सुरु
एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्दै रास्वपाको युवा संवाद कार्यक्रम सम्पन्न