Rastriya Bahas
2026 June 04, Thursday
गृहपृष्ठ / समाचार / भक्तपुरमा रास्वपाको शक्ति प्रदर्शन: २५० भन्दा बढीको उपस्थितिमा सूर्यविनायक नगरको प्रथम अधिवेशन सुरु

भक्तपुरमा रास्वपाको शक्ति प्रदर्शन: २५० भन्दा बढीको उपस्थितिमा सूर्यविनायक नगरको प्रथम अधिवेशन सुरु

5 days, 4 hours अगाडि | Simran bishwakarma
भक्तपुरमा रास्वपाको शक्ति प्रदर्शन: २५० भन्दा बढीको उपस्थितिमा सूर्यविनायक नगरको प्रथम अधिवेशन सुरु

भक्तपुर, १६ जेठ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भक्तपुरमा आफ्नो सांगठनिक उपस्थितिलाई बलियो बनाउँदै सूर्यविनायक नगर समितिको प्रथम नगर अधिवेशन भव्य रूपमा सुरु गरेको छ।

आइतबार मध्याह्न १२:१० बजेदेखि भक्तपुरको सूर्यविनायक नगरपालिका–५ घलातेस्थित ‘यो–यो बैंक्वेट’ को सभाहलमा अधिवेशनको औपचारिक सुरुवात भएको हो। रास्वपा सूर्यविनायक नगर सभापति भाइकृष्ण श्रेष्ठको सभापतित्वमा आयोजित उक्त अधिवेशनलाई स्थानीय स्तरमा पार्टीको शक्ति प्रदर्शनका रूपमा हेरिएको छ।

अधिवेशनमा रास्वपाका केन्द्रीय सदस्य सुरज प्रधान प्रमुख अतिथिका रूपमा उपस्थित रहेका छन्। त्यस्तै, कार्यक्रममा विशिष्ट अतिथिका रूपमा प्रतिनिधिसभा सदस्य राजीव खत्री, रास्वपा भक्तपुर जिल्ला सभापति रामेश्वर बस्नेत, उपसभापति एवं संघीय निर्वाचन केन्द्रीय सम्पादन समिति सदस्य साजन विक र भक्तपुर RAT जिल्ला संयोजक रामकृष्ण देउजाको उपस्थिति रहेको छ।

कार्यक्रममा जिल्लाअन्तर्गतका विभिन्न नगर तथा वडा सभापतिहरू सहित करिब २५० जनाभन्दा बढी नेता तथा कार्यकर्ताहरूको उत्साहजनक सहभागिता रहेको छ।

यी हुन् अधिवेशनका मुख्य एजेन्डाहरू:

 स्थानीय तहमा पार्टीको सांगठनिक सुदृढीकरण र संरचना निर्माण।

 आगामी निर्वाचन र राजनीतिक रणनीतिका बारेमा वृहत् छलफल।

 स्थानीय मुद्दाहरूमा पार्टीको प्रभाव विस्तार र जनपरिचालन।

 संगठनात्मक गतिविधिलाई थप चुस्त र प्रभावकारी बनाउने मार्गचित्र तय गर्ने।

रास्वपाले पछिल्लो समय भक्तपुर जिल्लामा आफ्नो सांगठनिक आधार विस्तार गर्ने अभियानलाई तीव्रता दिइरहेको सन्दर्भमा यस प्रथम नगर अधिवेशनलाई पार्टीको स्थानीय संरचना मजबुत बनाउने एउटा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

सूर्यविनायक नगरको नयाँ नेतृत्व चयन र आगामी कार्यदिशा तय गर्ने भनिएको यो अधिवेशनको बाँकी कार्यक्रम र छलफलहरू हाल बैंक्वेटको सभाहलमा जारी रहेका छन्।


 

यो शेयर गर्नुहोस्:
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement