भक्तपुर क्षेत्र नं. २ मा नेपाली कांग्रेसको महिला भेला सम्पन्न
भक्तपुर —
मिति २०८२/१०/१६ गते दिउँसो १४:२० बजेबाट भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका वडा नं. ३ कौशलटारस्थित ह्वाइट प्यालेसमा नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ चुनावी महिला परिचालन समितिको आयोजनामा महिला भेला कार्यक्रम सुरू भएको छ।

उक्त कार्यक्रम महिला परिचालन समितिकी अध्यक्ष उर्मिला वनको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कविर राणा, समानुपातिक तर्फका उम्मेदवार मदनकृष्ण श्रेष्ठ, भक्तपुर जिल्ला सभापति तथा विघटित प्रतिनिधिसभा सदस्य दुर्लभ थापालगायत पार्टीका विभिन्न तहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आयोजना गरिएको उक्त भेलामा करिब २४० देखि २५० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ। भेलामा वक्ताहरूले निर्वाचनमा पार्टीको जित सुनिश्चित गर्न महिला मतदाताको भूमिकाबारे चर्चा गर्दै संगठन सुदृढीकरणमा सक्रिय हुन आग्रह गरेका थिए।

कार्यक्रममा सहभागी महिला नेतृ तथा कार्यकर्ताहरूले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
सम्बन्धित खबर
ताजा खबर
दैलेखको भगवतीमाईमा विद्यालय व्यवस्थापन समितिका दलित सदस्यमाथि कुटपिट र जातीय विभेद
पूर्वमहाप्रबन्धक गणेश रसिकको पहिलो स्मृतिमा 'गणेश रसिक साङ्गीतिक कार्यक्रम २०८३' सुरु
एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्दै रास्वपाको युवा संवाद कार्यक्रम सम्पन्न