नेपाली कांग्रेसका युवा नेता विनोद शाही ठकुरीद्वारा क्रियाशील सदस्यता अद्यावधिक नगर्ने घोषणा
काठमाडौँ ।
नेपाली कांग्रेसका प्रभावशाली युवा नेता विनोद शाही ठकुरीले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक नगर्ने निर्णय गरेका छन्। राष्ट्रिय तथा प्रादेशिक स्तरका युवा सशक्तिकरण, नेतृत्व विकास, युवा सम्मेलन तथा युवा महोत्सव जस्ता महत्त्वपूर्ण कार्यक्रमहरूमा सशक्त र नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका नेता शाहीले पार्टीको आगामी प्रक्रियाका लागि आफ्नो क्रियाशील सदस्यता अद्यावधिक नगर्ने घोषणा गरेका हुन्।

दैलेख (कर्णाली प्रदेश) बाट पहिलोपटक प्रतिनिधित्व गर्दै राष्ट्रिय युवा परिषदको सङ्घीय बोर्ड सदस्य बन्न सफल भएका शाही नेपाली राजनीतिको मूलधारमा निकै सक्रिय मानिन्छन्। युवा र विद्यार्थीहरूमाझ अत्यन्तै लोकप्रिय रहेका शाहीले यसअघि कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) मा केन्द्रीय सदस्यको रूपमा आफ्नो बलियो उपस्थिति जनाइसकेका छन्।

युवा नेतृत्वप्रति उनको बुझाइ र लोकप्रियतालाई कदर गर्दै पूर्वप्रधानमन्त्री तथा पार्टीका तत्कालीन सभापति शेरबहादुर देउवाले उनलाई युवाहरूको तर्फबाट केन्द्रीय महासमिति सदस्यमा मनोनीत गरेका थिए।

पछिल्लो समय युवा केन्द्रित विभिन्न रचनात्मक र आर्थिक आत्मनिर्भरताका कार्यक्रमहरू सञ्चालन गर्दै आएका शाहीले देशव्यापी रूपमा 'उद्यमशील युवा, सिर्जनशील युवा अभियान' समेत चलाइरहेका छन्। युवाहरूलाई उद्यम र नवप्रवर्तन (Innovation) सँग जोड्नुपर्छ भन्ने मान्यता राख्ने प्रखर युवा नेता शाहीको यो कदमलाई कांग्रेसभित्र र बाहिरको युवा राजनीतिमा निकै चासोका साथ हेरिएको छ।

उनले क्रियाशील सदस्यता अद्यावधिक नगर्नुको ठोस कारण र उनको आगामी राजनीतिक यात्रा कस्तो हुनेछ भन्नेबारे थप विवरण आउन बाँकी छ।
सम्बन्धित खबर
ताजा खबर
बीपी राजमार्ग बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु, चालकसहित १६ घाइते (नामावलीसहित)
बीपी राजमार्गमा यात्रुवाहक बस दुर्घटना: १२ जनाको उद्धार, ७ को अवस्था गम्भीर
इप्पान (IPPAN) को २४औं ऐतिहासिक साधारण सभा दरबारमार्गमा सुरु