भक्तपुरको नलिनचोकमा हाइस र बस ठोक्किँदा १०/१२ जना घाइते, अस्पतालमा उपचार हुँदै
1 day, 17 hours अगाडि
|
Simran bishokarma
भक्तपुर, २८ जेठ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–१० नलिनचोकमा बिहीबार अपराह्न दुई वटा यात्रुवाहक सवारी साधन एक आपसमा ठोक्किँदा १०/१२ जना यात्रु घाइते भएका छन् ।

धरानबाट काठमाडौँतर्फ जाँदै गरेको बा.३ ख ७७५३ नम्बरको हाइस र काठमाडौँबाट बनेपा-धुलिखेलतर्फ गुडिरहेको बा.५ ख ४७८१ नम्बरको मयुर यातायातको बस अपराह्न १६:३५ बजेको समयमा एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।


दुर्घटना लगत्तै स्थानीय र प्रहरीको टोलीले घाइतेहरूको उद्धार गरेका थिए । घाइतेहरूलाई उपचारका लागि मध्यपुर अस्पताल र सूर्यविनायक नगर अस्पताल पठाइएको छ । घाइतेहरूको अवस्था र परिचय खुल्न बाँकी रहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
विज्ञापन
ताजा खबर
बीपी राजमार्ग बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु, चालकसहित १६ घाइते (नामावलीसहित)
18 hours, 18 minutes अगाडि
बीपी राजमार्गमा यात्रुवाहक बस दुर्घटना: १२ जनाको उद्धार, ७ को अवस्था गम्भीर
18 hours, 27 minutes अगाडि
इप्पान (IPPAN) को २४औं ऐतिहासिक साधारण सभा दरबारमार्गमा सुरु
21 hours, 27 minutes अगाडि
विज्ञापन
विज्ञापन