नेकपा एमाले ललितपुर जिल्ला कमिटीको विस्तारित बैठक सम्पन्न
ललितपुर, २८ जेठ (राष्ट्रिय बहस) ।
नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीको विस्तारित बैठक बिहीबार सातदोबाटोमा सम्पन्न भएको छ । ललितपुर महानगरपालिका वडा नं. १५ सातदोबाटोस्थित पार्टी जिल्ला कार्यालयमा बैठक आयोजना गरिएको हो ।

एमाले ललितपुर जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्यको अध्यक्षतामा बसेको उक्त बैठकमा पार्टीका केन्द्रीय सदस्य एवं ललितपुर जिल्ला इन्चार्ज हरिकृष्ण व्यञ्जनकारको प्रमुख आतिथ्यता रहेको थियो ।

दिउँसो ३:२० बजे सुरु भएको विस्तारित बैठकमा पार्टी केन्द्रीय सदस्यहरू सुशीला नेपाल, समिक बडाल र बाबुराम थापाको विशेष उपस्थिति रहेको थियो । बैठकमा अनेरास्ववियु बागमती प्रदेश इन्चार्ज भवानी बजगाईं र जिल्ला उप-सचिव प्रभाकर थापालगायत करिब ३५ जना नेता तथा कार्यकर्ताहरूको सहभागिता थियो ।


बैठकमा पार्टीको आन्तरिक संगठन परिमार्जन, आगामी कार्यदिशा तथा जिल्लाको समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको जनाइएको छ । अपराह्न ५:५० बजे बैठक सफलतापूर्वक समापन भएको थियो ।
सम्बन्धित खबर
ताजा खबर
बीपी राजमार्ग बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु, चालकसहित १६ घाइते (नामावलीसहित)
बीपी राजमार्गमा यात्रुवाहक बस दुर्घटना: १२ जनाको उद्धार, ७ को अवस्था गम्भीर
इप्पान (IPPAN) को २४औं ऐतिहासिक साधारण सभा दरबारमार्गमा सुरु