Rastriya Bahas
2026 April 19, Sunday
गृहपृष्ठ / समाचार / काभ्रेमा आर.के.सी.एन.एल. सुपर मार्ट उद्घाटन, “Farm to Table” अवधारणामा जोड

काभ्रेमा आर.के.सी.एन.एल. सुपर मार्ट उद्घाटन, “Farm to Table” अवधारणामा जोड

1 day, 1 hour अगाडि | Simran bishokarma
काभ्रेमा आर.के.सी.एन.एल. सुपर मार्ट उद्घाटन, “Farm to Table” अवधारणामा जोड

काभ्रेपलान्चोक —

 मिति २०८३ साल वैशाख ५ गते दिउँसो १२:३० बजेदेखि पनौती नगरपालिका वडा नं. ०४ स्थित ठाडोबाटोमा राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको सहायक कम्पनी आर.के.सी.एन.एल. फुड बैंक लिको आयोजनामा आर.के.सी.एन.एल. सुपर मार्ट प्रा.लि.को उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।


 

कार्यक्रम आर.के.सी.एन.एल. फुड बैंक लिका संयोजक तथा प्रबन्ध सञ्चालक सुदिप सप्कोटाको अध्यक्षतामा सम्पन्न भएको हो। उद्घाटन समारोहमा प्रतिनिधि सभा सदस्य बदन भण्डारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए।


 

त्यसैगरी, विशेष अतिथिहरूमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतम तथा पनौती नगरपालिका प्रमुख राम शरण भण्डारी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा करिब ९० देखि १०० जनासम्मको सहभागिता रहेको आयोजकले जनाएको छ।


 

उद्घाटन गरिएको आर.के.सी.एन.एल. सुपर मार्ट प्रा.लि.को मुख्य उद्देश्य नेपालमा सुरक्षित, स्वच्छ तथा गुणस्तरीय खाद्य सामग्रीको सहज आपूर्ति सुनिश्चित गर्नुका साथै किसान र उपभोक्ता बीचको दूरी घटाउनु रहेको छ। साथै, “Farm to Table” अवधारणालाई व्यवहारमा लागू गर्दै कृषकबाट सिधै उपभोक्तासम्म खाद्य सामग्री पुर्‍याउने लक्ष्य लिइएको छ।


 

आयोजकका अनुसार यस पहलले स्थानीय कृषकलाई बजार सुनिश्चित गर्ने र उपभोक्तालाई गुणस्तरीय उत्पादन सहज रूपमा उपलब्ध गराउने विश्वास लिइएको छ।


 

यो शेयर गर्नुहोस्: