चन्द्रगिरी–१४ मा हार्दिक बधाई तथा शुभकामना कार्यक्रम सुरु
काठमाडौं, २०८३ वैशाख ५ गते (०८:२५ बजे):
काठमाडौं जिल्ला, चन्द्रगिरी नगरपालिका वडा नं. १४ स्थित बालकुमारी मन्दिर परिसरमा हार्दिक बधाई तथा शुभकामना कार्यक्रम सुरु भएको छ।

नैकाप बालकुमारी समाजको आयोजनामा सम्पन्न कार्यक्रममा समाजका अध्यक्ष विकास श्रेष्ठको अध्यक्षता रहेको छ भने कार्यक्रमको प्रमुख अतिथि रूपमा सम्मानीय सभामुख डोल प्रसाद अर्याल रहनुभएको छ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्यहरू माननीय अनुष्का श्रेष्ठ, भूमिका श्रेष्ठ र रचना खतिवडाको उपस्थिति रहेको छ भने प्रतिनिधि सभा सदस्य माननीय प्रदीप बिष्ट आउने क्रममा रहेको जानकारी दिइएको छ।

यसैगरी, चन्द्रगिरी नगर प्रमुख घनश्याम गिरी, वडा नं. १४ का वडाध्यक्ष राजभाइ महर्जन, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति जनार्दन केसी लगायतको सहभागिता रहेको छ।

करिब ९० देखि १०० जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा वडा नं. १४ का स्थानीयवासी तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता देखिएको छ।

कार्यक्रममार्फत वडावासीबीच आपसी सद्भाव, सहकार्य र शुभकामना आदान–प्रदान गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
सम्बन्धित खबर
ताजा खबर
कर्णाली प्रदेश अस्पतालमा डाक्टर अभाव समाधान गर्न प्रकाश खड्काको सक्रिय पहल
काभ्रेमा आर.के.सी.एन.एल. सुपर मार्ट उद्घाटन, “Farm to Table” अवधारणामा जोड
चन्द्रगिरी–१४ मा हार्दिक बधाई तथा शुभकामना कार्यक्रम सुरु
ललितपुरमा ७ केजीभन्दा बढी गाँजा जस्तो पदार्थसहित दुई जना पक्राउ